images
images
  • नेकपा (एस)का नेताहरूको पदीय जिम्मेवारी बाँडफाँड, वामदेव वरिष्ठ नेता, ९ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा प्रवेश गरेका कार्यकर्ताहरूलाई नयाँ जिम्मेवारी तोकेको छ ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनका समर्थकहरूलाई विभिन्न पदमा नियुक्त गरिएको हो ।

    निर्णयअनुसार गौतमलाई वरिष्ठ नेताको दर्जा दिइएको छ र उनलाई पार्टीको तेस्रो वरीयतामा राखिएको छ ।

    त्यस्तै डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।

    यसैगरी नौ जनालाई केन्द्रीय सदस्यको पदमा नियुक्त गरिएको छ ।

    केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवान चयन भएका छन् ।

    एकीकृत समाजवादीले गौतमको शपथ ग्रहण सम्पन्न भइसकेको जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images