images
images
  • असई थमन विक हत्याका फरार प्रतिवादी कांग्रेसमा प्रवेश, देउवा–शर्माले गरे भव्य स्वागत

    काठमाडौं– सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यामा फरार प्रतिवादी देवेन्द्र यादव हाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीवार यादवलाई पार्टीमा स्वागत गरेका थिए ।

    कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ का सांसद महेन्द्रकुमार राय, मधेश प्रदेश सभापति कृष्ण यादव र महोत्तरी सभापति नागेश्वर यादव उपस्थित थिए ।

    विक हत्याकाण्डको मुख्य अभियुक्त यादव प्रहरीको फरार सूचीमा छन् ।

    महोत्तरी जिल्ला अदालतले उनको मुद्दा मुलतवीमा राखेको छ ।

    २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा विकको हत्या भएको थियो ।

    महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

    फरार अभियुक्तमा अभिराम शर्मा, रामशंकर मिश्र, देवेन्द्र यादवसहित अन्य १९ जनाको नाम छ ।

    यसअघि फरार अभियुक्त लक्ष्मी महतो कोइरीले प्रतिनिधि सभामा उम्मेदवारी दिएर चुनाव जिते पनि उनी फरार रहँदा प्रहरीले मुद्दा अघि बढाएको थियो ।

    विकको हत्या प्रकरणमा केही अभियुक्त थुनामा छन् भने अधिकांश फरार छन् र केहीको फैसला मुलतवी राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images