काठमाडौं– बागमती प्रदेश सरकारमा मन्त्री नियुक्ति विवाद अझ टुंगिएको छैन ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षबीच अन्तरसंघर्षका कारण मन्त्रिपरिषद् अधुरो छ ।
२० साउनमा नियुक्त बानियाँले एमालेका ६ र कांग्रेसका २ मन्त्री मात्र बनाएका छन् ।
कांग्रेसका अझै ५ मन्त्री नियुक्त गर्न बाँकी छ ।
लामा पक्षका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई तत्काल मन्त्री बनाउने सहमति कार्यान्वयन नभएको गुनासो छ ।
बानियाँ आज काठमाडौंमा पार्टी शीर्ष नेतासँग छलफल गरी शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
तर, उनको पक्षका सांसदले लामा पक्षका ३ जनालाई मन्त्री नबनाउन दबाब दिइरहेका छन् ।
बानियाँ, कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि लामालाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइ २० साउनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















