images
images
  • प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

    पोखरा– प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारीको लागि साउन २९ मा एक कार्यक्रमवीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    एक समारोहबीच मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेडतर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत (एनबिसिओ) राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

    पोखरा महानगरपालिका–११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ ।

    प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

    MOU2

    प्रतिक्रिया दिनुहोस्
    images
    images