images
images
  • राष्ट्रपतिलाई स्वकीयले चलाउँछन्, सल्लाहकारले मित्रराष्ट्र भ्रमणमा रोक लगाउँछन् किन ?

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त सम्मेलनमा जाने भएका छन् ।

    राष्ट्रपति पौडेलको इच्छा भए पनि उनका स्वकीय, सल्लाहकारहरूले चीनसँग दूरी राख्ने सुझाव दिँदै भ्रमण रोकेको स्रोतले दाबी गरेको छ ।

    पौडेलले यसअघि बीआरआईदेखि सैन्य मार्चसम्मका चिनियाँ निमन्त्रणा अस्वीकार गरेका थिए ।

    प्रधानमन्त्री ओलीलाई १५ दिनअघि मात्र चीनले निम्ता गरेको हो ।

    सी चिनफिङसँग भेटको समय पक्का भएपछि ओलीको भ्रमण टुंगिएको हो ।

    उनी १४ भदौमा चीन पुग्नेछन् र १८ भदौमा सीसँग भेट्नेछन् ।

    यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन् ।

    जसलाई भारतसँग सम्बन्ध सहज बनाउन महत्त्वपूर्ण मानिएको छ ।

    एससीओको पाँचौँ राष्ट्र प्रमुखस्तरीय सम्मेलन १५–१६ भदौमा चीनमा हुँदैछ ।

    नेपाल स्थापनाकालदेखि नै एससीओसँग जोडिएको भए पनि सदस्य बन्न सकेको छैन ।

    हाल ‘डायलग पार्टनर’को हैसियतमा छ ।

    यसअघि नेपालभन्दा पछि जोडिएका कतिपय मुलुक सदस्य भइसकेका छन् ।

    स्थापनाकालमा भारतले नेपाललाई एससीओमा जोडिन नदिन प्रयास गरे पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो दबाब अस्वीकार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images