काठमाडौं– नेपाली कांग्रेसको सहमति नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दल एमाले र अन्य सहयोेगी दलका केही मन्त्रीहरू फेरबदल गर्ने तयारी गरेका छन् ।
सरकार गठन भएको करिब एक वर्ष पूरा भइसक्दा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको योजना अघि सारेका हुन् ।
कांग्रेसका मन्त्रीहरू तत्काल फिर्ता गर्न सक्ने अवस्था नरहेकाले उनले एमाले, जसपा र लोसपाका मन्त्रीहरूको संरचना परिवर्तनमा ध्यान केन्द्रित गरेका छन् ।
एमालेका उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई र सहकारी मन्त्री बलराम अधिकारीलाई परिवर्तन गर्ने तयारी भएको छ ।
लोसपाबाट श्रम मन्त्री शरदसिंह भण्डारीको स्थानमा सवेन्द्रनाथ शुक्लालाई ल्याउने र जसपाबाट प्रदीप यादव तथा महिला मन्त्री नवलकिशोर साह सुडीको सट्टा डा.वीरेन्द्र महतो र मञ्जु
झालाई मन्त्री बनाउने प्रस्ताव अघि बढाइएको स्रोतले जानकारी दिएको छ ।






















