images
images
  • बालेनका सल्लाहकार रूपन्देही–३ को उपनिर्वाचनमा भिँड्दै, ठूला दलसँग टक्कर लिने सम्भावना

    काठमाडौं– अधिवक्ता ओमप्रकाश अर्यालले आगामी १७ कात्तिकमा हुने रुपन्देही–३ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन तयारी गरेका छन् ।

    गुल्मीमा जन्मी बुटवलमा हुर्किएका र हाल ललितपुरमा बस्ने अर्याल काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका पूर्व कानुनी सल्लाहकार हुन् ।

    सार्वजनिक सम्पत्ति संरक्षणमा सक्रिय रहँदै आएका उनले दलको समर्थनबिनै प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् ।

    स्थानीय मतदाता तथा काठमाडौंका प्रभावशाली व्यक्तिहरूसँग भेटघाट गरिरहेका छन् ।

    रुपन्देही–३ का सांसद दीपक बोहराको गत १९ चैतमा निधन भइको थियो ।

    यस क्षेत्रका उपनिर्वाचनमा एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपाले पनि उम्मेदवार उतार्ने तयारी गरेका छन् ।

    एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने सम्भावना उच्च छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images