images
images
  • नागरिक उन्मुक्ति पार्टी परिवारिक कलहको फन्दामा, अध्यक्ष श्रेष्ठ समूह विभाजन उन्मुख

    काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा लालवीर चौधरीको वैधानिकता अस्वीकार गरेको छ ।

    जसका कारण नाउपा फुट उन्मुख छ ।

    आयोगले साउन १४ गते सम्पन्न राष्ट्रिय भेला अवैध ठहर गर्दै लालवीर अध्यक्ष हुने निर्णय खारेज गरेको हो ।

    यो भेला नाउपा संरक्षक रेशम चौधरीको नेतृत्वमा बसेको थियो ।

    जसले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष बनाएको थियो ।

    आयोगले लालवीर न त केन्द्रीय सदस्य न त पदाधिकारी भएकाले उक्त निर्णय विधानविपरीत भएको निष्कर्ष निकालेको छ ।

    साथै, विधानअनुसार अध्यक्षको अनुमतिबिना केन्द्रीय बैठक वा भेला बोलाउन नसकिने भन्दै रञ्जिताले नबोलाएको भेला अवैध ठहरियो ।

    रेशम चौधरीले आयोगको निर्णयलाई जनताको निर्णयले नै चुनौती दिने बताए ।

    उनले कानुनी लडाइँ नलिने र संस्थापक केन्द्रीय सदस्यहरूको सामूहिक निर्णयअनुसार नयाँ बाटो अँगाल्ने संकेत गरे ।

    यो विवादबीच रूपन्देही–३ को उपनिर्वाचन (कात्तिक १७) मा उम्मेदवारीबारे अन्योल छ ।

    नाउपा सातदलीय संघीय लोकतान्त्रिक मोर्चामा भए पनि आयोगको निर्णयपछि उम्मेदवार चयनमा समस्या आएको छ ।

    उम्मेदवारी दर्ता असोज २१ गते हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images