images
images
  • भण्डारी पक्षधरको तल्लोतहसम्म समानान्तर कमिटी गठनको तयारी, महाधिवेशन र ०८४ मा ओलीमाथि चुनौती

    काठमाडौं– नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली मंगलबार विराटनगरमा कार्यकर्ताबाट मात्र होइन, तीक्ष्ण प्रश्नबाट पनि घेरिए ।

    मोरङमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः फर्कन समर्थन गर्ने कार्यकर्ताले ‘भण्डारीको सदस्यता रोक्ने निर्णय किन भयो ?’, ‘दुई कार्यकाल र उमेर सीमा हटाउने किन?’ जस्ता प्रश्न गरे । ज्ञवालीले असन्तोषको असर तल्लो तहसम्म पुगेको स्वीकार गरे तर ‘निर्णय कार्यान्वयन बाहेक विकल्प छैन’ भने ।

    कोशी प्रदेश कमिटी बैठकमा पनि सदस्यता विवाद उठ्यो ।

    महासचिव शंकर पोखरेल र इन्चार्ज शेरधन राईले यस विषयमा छलफल नगर्न निर्देशन दिए पनि भोजपुर अध्यक्ष मकर खड्कासहित रोशन बस्नेत, अन्जु पाण्डे, डिबी कार्कीले भण्डारीको

    पक्षमा बोल्दै निर्णय सच्याउन माग गरे ।

    केही नेताले भने भण्डारीको सक्रिय फिर्तीको विरोध गरे ।

    भण्डारी निकटका अनुसार अध्यक्ष केपी शर्मा ओलीले साउन ४ मा भेट्दा पार्टी कार्यालयमा अलग कार्यकक्ष दिने आश्वासन दिएका थिए ।

    तर, साउन ७ को रात सदस्यता रोक्ने निर्णय गराए ।

    यही कारण असन्तोष देशभर फैलिएको छ ।

    अब भण्डारी पक्षधरलाई समानान्तर समिति गठन गर्ने, ओलीलाई आगामी महाधिवेशन र २०८४ को निर्वाचनमा चुनौती दिने रणनीतिमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images