images
images
  • नियुक्त भएका शपथ नलिएका मन्त्रीहरूको पद धरापमा, सहमतिबाट टाढिँदै मुख्यमन्त्री बानियाँ

    हेटौंडा– बागमती प्रदेशमा मन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार अझै पूर्णता पाउन सकेको छैन ।

    कांग्रेसभित्र बानियाँ र पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाबीच ३ जना मन्त्री नियुक्ति विषयमा मतभेदले संकट पैदा भएको हो ।

    २० साउनमा नियुक्त बानियाँले एमालेका ६ र कांग्रेसका २ मन्त्री मात्र बनाएका छन् ।

    बाँकी ५ मन्त्रालय कांग्रेसको भागमा छन् ।

    तर, लामाले आफ्नो कार्यकालमा नियुक्त गरेका तर सपथ नखुवाइएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सहमति बानियाँले पालना नगरेको लामा पक्षको आरोप छ ।

    यो विषय टुंग्याउन बानियाँ बुधबार काठमाडौं पुगेका छन् ।

    आज शीर्ष नेतासँग छलफल गर्ने तयारीमा छन् ।

    उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।

    बानियाँ निकट सांसदहरूले भने लामा पक्षका ३ जनालाई मन्त्री बनाउने कदम आफ्ना २२ समर्थक सांसदका लागि अन्याय हुने भन्दै दबाब दिइरहेका छन् ।

    बानियाँ, जसले लामाको नेतृत्वमा रहेको सरकारलाई अविश्वास प्रस्तावमार्फत हटाएका थिए ।

    एमालेसँग मिलेर मुख्यमन्त्री बनेका हुन् ।

    २० साउनमा उनी बागमतीका छैटौं मुख्यमन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images