
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत पाएर पद जोगाए ।
पार्टीभित्रकै बहादुरसिंह लामा समूहका १३ सांसदले मन्त्री नियुक्ति नगरेसम्म मत नदिने अडान राख्दा बानियाँ संकटमा थिए ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक भए पनि कांग्रेसका ३६ मध्ये १३ जना साथ नदिएमा उनलाई ५० मत मात्र पुग्ने स्थिति थियो ।
लामा समूहलाई सभापति शेरबहादुर देउवा र नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, महालक्ष्मी उपाध्याय डिनालगायतको फोनपछि हेटौँडा पुगेर मत दिन राजी भए ।
विश्वासको मत दिनुअघि देउरालीस्थित होटलमा मन्त्री नियुक्ति सम्बन्धी बार्गेनिङसमेत भयो ।
अन्ततः कांग्रेसका ३६ र एमालेका २७ गरी ६३ मत पाएर बानियाँले बहुमत सुरक्षित गरे ।
हाल अमेरिका भ्रमणमा रहेका रामकृष्ण चित्रकारको अनुपस्थितिमा गठबन्धनका ६४ मध्ये ६३ सांसदले मात्र मतदान गरे ।
अब लामा समूह आफ्ना तीन सांसदलाई मन्त्री बनाइने आश्वासन पुरा हुनेमा प्रतीक्षामा छ ।
जबकि बानियाँले केन्द्रको निर्देशनअनुसार साउनभित्रै बाँकी ५ मन्त्री नियुक्त गर्ने बताएका छन् ।
उनले दलभित्र असमझदारी नरहेको दाबी गर्दै सबै निर्णय सल्लाहमै हुने बताए ।
प्रतिक्रिया दिनुहोस्