काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद चर्किँदा हात हालाहालको स्थिति सिर्जना भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा उत्पन्न तनाव नियन्त्रण गर्न प्रहरी समेत परिचालन गरिएको हो ।
घटनाको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको हो ।
त्यसपछि आयोजकहरूले माइकमार्फत औपचारिक कार्यक्रम अझै सुरु नभएकाले धैर्यपूर्वक बस्न आग्रह गरेका थिए ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच चलिरहेको विवाद युवा संगठनमा पनि प्रतिबिम्बित भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















