काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका सर्तमा डोनबास रुसलाई दिने प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले डोनबास छाडे भविष्यमा त्यही क्षेत्रबाट पुनः आक्रमण हुन सक्ने चेतावनी दिए ।
यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीबीच शुक्रबार अलास्कामा हुने वार्ताअघि आएको हो ।
ट्रम्पले शान्तिका लागि भू–भाग सुम्पिन सकिने संकेत गरेका छन् ।

तर, रुसले हालै डोरोप्रिलासहित १० किलोमिटर क्षेत्र कब्जा गरेको छ ।
जेलेन्स्कीका अनुसार मस्कोले लोहन्स्क पूर्ण नियन्त्रणमा लिएको छ ।
डोनेट्स्कको ७० प्रतिशत भाग कब्जामा छ ।
उनले झाप्पोझारिया, पोक्रोभोस्क र नोभोपाभ्लोभमा रुसी सेना अघि बढिरहेको जनाउँदै, युक्रेनी सेना रोकथामका लागि सक्षम रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















