काठमाडौं– नेकपा (एमाले) बागमती र कोशी प्रदेशका नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने केन्द्रीय कमिटीको निर्णयको विरोधमा उभिएका छन् ।
बागमती प्रदेश सचिवालय बैठकमा सहभागी २४ मध्ये १६ जनाले र कोशी प्रदेशमा धारणा राख्ने ४० मध्ये ८ जनाले निर्णय सच्याउन माग गरेका छन् ।
नेताहरूका अनुसार यो कदमले वडातहसम्म आक्रोश बढाएको, पार्टी विभाजनको जोखिम बढाएको र ‘मिसन ८४’ मा असर पर्ने चेतावनी दिएका छन् ।
बागमतीमा धेरै नेताहरूले केन्द्रको कदम पार्टीको एकता र आन्तरिक लोकतन्त्रविरुद्ध भएको भन्दै तत्काल संवाद र समाधानको आवश्यकता औंल्याए ।
केहीले भने केन्द्रीय कमिटीको निर्णय पालना गर्नुपर्ने धारणा राखे ।
कोशीमा पनि केही सदस्यहरूले निर्णय सच्याउन माग गरे भने धेरैजना मौन बसे ।
भण्डारीको पक्षमा बोल्ने नेताहरूले धम्की र दबाबको वातावरणको आलोचना गर्दै सम्मानपूर्वक सदस्यता कायम गर्न आग्रह गरेका छन् ।
पार्टी नेतृत्व भने यो विषय ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएको छ ।






















