images
images
  • महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि आह्वान खुला

    काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक पक्षहरूबाट प्रस्ताव माग गरेको छ ।

    क्यानले प्रकाशित गरेको सूचनाअनुसार प्रायोजनका लागि वार्षिक न्यूनतम ६० लाख रुपैयाँको प्रस्ताव आवश्यक हुनेछ ।

    तीन वर्षको अवधिका लागि हुने यो प्रायोजन सम्झौता आपसी सहमतिमा थप बढाउन सकिनेछ ।

    प्रायोजक ब्रान्डको लोगो नेपाल महिला क्रिकेट टिमको जर्सीको अगाडिको भागमा राखिने व्यवस्था छ ।

    आगामी १३ भदौसम्म प्रस्ताव पेस गर्न सकिने क्यानको पत्रमा उल्लेख छ ।

    nepal cricket sang 1755053871

    प्रतिक्रिया दिनुहोस्
    images
    images