images
images
  • कुलिङ पिरियडमा गडबडी गर्ने खतिवडाको सुशासन समिति सभापति पद चैट

    काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा राजीनामाको घोषणा गर्दै खतिवडाले निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि देखिएपछि आफूले जिम्मेवारी लिएको बताए ।

    उनले सरकारी कर्मचारीका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ अनिवार्य हुनुपर्ने अडान पुनः दोहोर्याए ।

    उनका अनुसार प्रतिवेदन तयार पार्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारी संलग्न थिए ।

    त्रुटि समितिबाट नभएको दाबी गरे । तर, अन्तिमरूपमा ध्यानपूर्वक नहेर्नु कमजोरी रहेको स्वीकार गरे ।

    खतिवडाले गठबन्धनको पक्षमा रहँदै राष्ट्रिय सभाबाट दुई वर्षको ‘कुलिङ अफ पिरियड’ प्रावधानसहित विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images