images
images
  • लामापक्षको मागप्रति अनुदार बनेका मुख्यमन्त्री बानियाँले विपक्षीसँग मागे विश्वासको मत

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलहरूसँग विश्वासको मतका लागि समर्थन मागेका छन् ।

    मुख्यमन्त्री बानियाँले आज प्रदेशस भामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई पत्र पठाउँदै विश्वासको मतमा पक्षमा मतदान गर्न औपचारिक अनुरोध गरेका हुन् ।

    उनले बागमती प्रदेशको समुन्नत विकास, सुशासन र स्थायित्वका लागि आफ्नो नेतृत्वमा गठन भएको सरकारले आवश्यक समर्थन पाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

    वर्तमान राजनीतिक परिस्थितिमा सरकारको स्थायित्व र जनअपेक्षाको सम्मानका लागि विश्वासको मत अनिवार्य भएको उल्लेख गर्दै बानियाँले सबै सांसदहरूलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने उद्देश्यले सहकार्यको भावनाका साथ मत दिन आह्वान गरेका छन् ।

    मुख्यमन्त्री बानियाँ आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारीमा छन् ।

    यद्यपि बहादुरसिंह लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेका तीनजना मन्त्रीलाई पुनः मन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

    उक्त मागप्रति बानियाँ अनुदार बनेपछि लामापक्षले विश्वासको मत नदिने अडान राखेको छ भने उनले विपक्षीसँग विश्वासको मत मागेका छन् ।

    तर, आफ्नै दल नेपाली कांग्रेसका १३ सांसद असहयोगी देखिएपछि उनी कठिन परिस्थितिमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images