
काठमाडौं– बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई तत्काल विश्वासको मत दिन सक्ने अवस्था नभएको बताएका छन् ।
आफ्ना मागहरूमा सहमति नजुटेकाले निर्णयमा पुग्न बाँकी रहेको उनले बताए ।
लामा पक्षका १४ सांसद काठमाडौंमा बसेर सरकार र पार्टीको निर्देशनबारे छलफल गरिरहेका छन् ।
केही सांसदले अपमानित भएको महसुस गरेको र विश्वासको मत दिन समय लाग्ने लामा पक्षको भनाइ छ ।
उनीहरूले तीन जना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राखेका छन् ।
जसबारे पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकिएको छ ।
मुख्यमन्त्री बानियाले मंगलबार दिउँसो ४ बजे प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।
साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा सरकार गठन गरेका बानियालाई सरकार टिकाउन ५६ मत आवश्यक छ ।
बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्