
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नै पार्टी नेपाली कांग्रेसका १४ सांसदको समर्थन संकटमा परेको छ ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहका ती सांसदले आफूहरूले सिफारिस गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे मात्र विश्वासको मत दिने चेतावनी दिएका छन् ।
साउन २० मा पदभार सम्हालेका बानियाँ आज विश्वासको मत लिन लागेका छन् ।
तर, लामा पक्षका सांसदहरू काठमाडौंमै बसेका छन् ।
सांसद लम्सालका अनुसार मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेसम्म उनीहरू हेटौँडा जाँदैनन् ।
बागमतीमा १४ मन्त्रालयमध्ये कांग्रेसको भागमा ८ मन्त्रालय छ ।
तर, अहिले कांग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्री मात्र नियुक्त गरेको छ ।
एमालेका ६ मन्त्री भने पहले नै सपथ ग्रहण गरिसकेका छन् ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक छ ।
कांग्रेसका ३७ र एमालेका २७ गरी बानियाँसँग ६४ मतको गणित भए पनि लामा समूहले मत नदिए उनको सरकार एक सातामै ढल्न सक्ने अवस्था बनेको छ ।
प्रतिक्रिया दिनुहोस्