images
images
  • लामापक्षका ३ मन्त्री नियुक्त नभए बानियाँ नेतृत्वको सरकार आजै ढल्ने निश्चित

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिन तयारीमा छन् ।

    तर, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्ष काठमाडौंमै बस्दै तीन मन्त्रीको दाबी पूरा नभएसम्म मत नदिने अडानमा छ ।

    अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको भए पनि लामा पक्षका अधिकांश सांसद काठमाडौंमै छन् ।

    सांसद कुन्दन काफ्लेले सहमति कार्यान्वयनबारे छलफल भइरहेको बताए ।

    लामाको माग (आफू मुख्यमन्त्री हुँदा नियुक्त भएका तीन मन्त्री) मा असहमति राखेका बानियाँलाई बहुमत जुटाउन सकस परेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले लामा समूहलाई पहिले विश्वासको मत दिन र त्यसपछि मन्त्री नियुक्त गराउने आश्वासन दिइसकेका छन् ।

    ११० सदस्यीय प्रदेशसभामा ५६ मत आवश्यक छ ।

    कांग्रेसका ३७ र एमालेका २७ सांसद भए पनि लामा पक्षका १४ सांसदको समर्थनबिना बानियाँको बहुमत सम्भव छैन ।

    देउवाको निर्देशनका बीच अझै सहमति बनेको छैन ।

    सहमति नभए आजै बानियाँ सरकार ढल्ने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस्

    images