images
images
  • नेकपा (एस)मा अनुशासन आयोग सक्रिय : नेपाल–खनालले एकआपसमा पार्टी छोड भन्न नपाइने

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले नेता तथा कार्यकर्तालाई पार्टीको विधि र पद्धति विपरीत सार्वजनिक रूपमा टिप्पणी नगर्न निर्देशन दिएको छ ।

    पार्टीका केही जिम्मेवार नेताहरू र कार्यकर्ताहरूले पार्टी हितविरुद्ध जथाभावी अभिव्यक्ति दिन थालेपछि यस्तो निर्देशन जारी गरिएको हो ।

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाका अनुसार अनुशासन उल्लङ्घन गरेर जनतामा भ्रम फैलाउने अभिव्यक्ति तथा सामाजिक सञ्जालमा त्यस्ता सामग्री पोस्ट गर्न रोक लगाइएको छ ।

    देउजाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई पार्टीको अनुशासन पालन गर्न, विवादास्पद अभिव्यक्ति तत्काल बन्द गर्न र पार्टीको स्वाभिमान जोगाउन आग्रह गरेका छन् ।

    ‘पार्टीले स्पष्ट पारेको छ कि, केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा, निर्णय वा नीति सम्बन्धी कुनै सुझाव, टिप्पणी वा फरक मत भए, त्यो सम्बन्धित सङ्गठित कमिटीको बैठकमार्फत मात्र राख्नुपर्नेछ,’ देउजाले भने ।

    हालै पार्टीका शीर्ष नेताहरूबीच वैचारिक मतभेद बढेसँगै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फरक–फरक अभिव्यक्ति सार्वजनिक हुँदै आएका छन्, जसका कारण यो कदम चालिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images