काठमाडौं– बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको विवाद अझ समाधान हुन सकेको छैन ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले सशर्त राजीनामापछि राखेका माग कार्यान्वयन हुनुपर्ने अडान लिँदै काठमाडौंमा पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।
लामा पक्षका ९ सांसदले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर तीन जनालाई मन्त्री बनाउने र राजनीतिक नियुक्तिमा सम्मानजनक हक दिने पूर्वसहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
माग सम्बोधन नभए सामूहिक राजीनामाको चेतावनी पनि दिएका छन् भने विश्वासको मत नदिने चेतावनी दिँदै आएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ मा विश्वासको मत लिने तयारीमा छन् ।
देउवाले सहमति पालना हुने आश्वासन दिँदै विश्वासको मत दिन निर्देशन दिएका छन् ।
तर, बानियाँ–लामाबीच छलफल भने बाँकी छ ।
कांग्रेस प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद् विस्तार विश्वासको मतपछि मात्र हुनेछ ।


विश्व खबर 




















