images
images
  • माओवादीसँग एकता गर्न नेपाल तत्पर, खनाल, भुसाल र गौतमको चाह एमाले फिर्ती

    काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको चर्चा तातिरहेको छ ।

    तर, व्यवहारमा अझै ठोस सहमति हुन सकेको छैन ।

    प्रचण्डले माधवकुमार नेपाललाई पटक–पटक भेटेर एकताको प्रयास गरिरहँदा पनि नेपालले तत्काल पार्टी एकता नहुने जवाफ दिएका छन् ।

    त्यसैले माओवादी केन्द्रले विप्लव समूहसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

    एकीकृत समाजवादी र विप्लव समूहले भदौमा बैठक राखेर निर्णय गर्ने तयारी गरिरहेका छन् ।

    एकीकृत समाजवादीभित्र माधवकुमार नेपाल माओवादीसँग एकता गर्न चाहन्छन् ।

    तर, पार्टीभित्र केही नेताहरू झलनाथ खनाल र घनश्याम भुसाल जस्ता नेताहरूले वैचारिक, सांगठनिक र कार्यक्रमिक आधार नबसेसम्म एकता नहुने बताइरहेका छन् ।

    भुसालको मत विप्लवसमेत सामेल गरेर मात्रै वाम एकता सफल हुन्छ ।

    माधवकुमार नेपाल र उनका समर्थकहरूले भने माओवादीसँग एकता गरेर पार्टी बलियो बनाउने पक्षमा छन् ।

    यद्यपि प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले औपचारिक रूपमा कुनै पार्टीसँग एकताको गृहकार्य नभएको बताए ।

    उनले वाम एकता सडक र आन्दोलनमै हुनुपर्ने र केवल नेताहरूको कागजी सहमतिले काम नचल्ने बताउँदै व्यापक वाम आन्दोलनको आवश्यकता औँल्याए ।

    एकीकृत समाजवादीमा प्रवेश गरेका वामदेव अहिले माओवादीसँग तत्काल एकता नगर्ने तर्फ छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images