images
images
  • गगनलाई थाहै नदिएर देउवा, खड्का र शर्माले गरे पार्टी केन्द्रीय कार्यालयमै छलफल

    काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरूले सात भ्रातृसंस्थाको महाधिवेशन निर्देशन समितिसँग छलफल गरिरहेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माले छलफल गरेका हुन् ।

    छलफलमा अर्का महामन्त्री गगनकुमार थापा भने सहभागी थिएनन् ।

    महाधिवेशन गर्न नसकेका नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ, थारू सङ्घ र किसान महासंघका निर्देशन समितिका पदाधिकारीहरूसँग कुरा गरिरहेका छन् ।

    कांग्रेसले तीन नेताहरूलाई समेटेर महाधिवेशन निर्देशन समिति गठन गरेको छ ।

    पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि अन्तिम म्याद थप गरी निर्देशन समितिलाई जिम्मेवारी दिएको छ ।

    आजको छलफलपछि निर्देशन समितिलाई आधिकारिक कार्यादेश दिने तयारी भइरहेको कांग्रेस सचिव प्रकाश शर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images