images
images
  • बालुवाटारमा प्रम ओलीले भने– विवादित कांग्रेस मन्त्रीहरू हटाउँछु, समीकरण बिग्रिन्छ– देउवा

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्री फेरबदल गर्ने तयारी अघि बढाएसँगै आइतबार बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल भएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।

    बैठकमा ओलीले कार्यसम्पादन कमजोर र विवादित मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका थिए ।

    तर, देउवाले पार्टीभित्र समीकरण बिग्रने भन्दै आफ्ना मन्त्री नहटाउन आग्रह गरेका छन् ।

    सरकार गठनपछि एमालेले शिक्षा मन्त्री र संघीय मामिला मन्त्री गरी दुई मन्त्री परिवर्तन गरिसकेको छ ।

    कांग्रेसले अझै कुनै मन्त्री फेरेको छैन ।

    छलफलमा भूमि विधेयक, राष्ट्रपति फिर्ता पठाएको संवैधानिक परिषद् विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि कुरा भए पनि निष्कर्षमा पुगिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images