images
images
  • प्रचण्डको दूत बनेर कम्युनिष्ट पार्टीका नेताहरूको दैलो चहार्दै श्रेष्ठ, दलीय एकता परिणाम शून्य

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

    डल्लुस्थित खनालको निवासमा भइरहेको भेटमा दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति, वाम एकताको आवश्यकता तथा सम्भावनाबारे विस्तृत चर्चा भएको जनाइएको छ ।

    पछिल्लो समय श्रेष्ठले राजनीतिक भेटघाट र छलफलको क्रम तीव्र पारेका छन् ।

    हालसालै उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेका थिए ।

    शुक्रबार मात्र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि कुराकानी गरेका थिए ।

    पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिने श्रेष्ठको नेताहरूसँगको बाक्लो उठबस जारी छ ।

    यद्यपि दलीय एकताका लागि गरिएको प्रयासको परिणाम शून्यजस्तै छ ।

    हालसम्म कुनै प्रगति नभएको श्रेष्ठ स्वीकार्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images