images
images
  • सत्तारूढ कांग्रेस–एमाले विवादले ढल्नै लागेको सरकार जोगियो, सम्बन्ध सुधार उन्मुख

    सुर्खेत– कर्णाली प्रदेशमा सत्तारूढ एमाले र कांग्रेसबीचको सम्बन्ध सुधार भएको छ ।

    केही दिनयता सत्ता साझेदारीमा देखिएको असमझदारीपछि शनिबार बसेको प्रदेशस्तरीय बैठकले गठबन्धनलाई मर्मअनुरुप अघि बढाउने निष्कर्ष निकालेको छ ।

    बैठकमा एमाले प्रदेश अध्यक्ष गुलावजंग शाहले एक वर्षमा सरकारको कामको समीक्षा गरी सरकारलाई अझ प्रभावकारी बनाउन सहमति भएको जानकारी दिए ।

    कांग्रेस–एमालेबीच खटपट भएको प्रचार सत्य नभएको पनि उनले बताए ।

    बैठकमा कांग्रेस सभापति ललितजंग शाही, संसदीय दल नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल र अन्य सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images