images
images
  • रुस–युक्रेन शान्ति वार्ताका लागि ट्रम र पुटिन भेट्दै, जेलेन्स्कीलाई नो इन्ट्री

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्कामा वार्ता हुँदैछ ।

    तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नाम वार्ताको प्रारम्भिक सूचीमा नहुनु युरोपेली नेताहरूले कूटनीतिक दबाब बढाएको छ ।

    शनिबार बेलायतमा फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्याण्ड, युरोपेली संघ र बेलायतका विदेश मन्त्रीहरूको आकस्मिक बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग शान्ति प्रक्रिया युक्रेनको सहभागिता बिना असम्भव हुने निष्कर्ष निकालियो ।

    युक्रेनको स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमाहरूको सम्मान अनिवार्य रहेको जोड दिइयो ।

    अलास्कामा हुने वार्तामा युक्रेनलाई निष्क्रिय रूपमा मात्र संलग्न गराउने तयारीले युक्रेन र युरोपमा असन्तुष्टि बढेको छ ।

    पुटिनले पूर्वी डोनबास क्षेत्र रूसलाई दिनुपर्ने प्रस्ताव राखेपछि स्थिति झन् जटिल बनेको छ ।

    ट्रम्पले केही भू–भाग साटासाट हुन सक्ने संकेत दिएपछि युरोपेली र युक्रेनी नेताहरू चिन्तित भएका छन् ।

    अमेरिकी पक्ष शान्तिपूर्ण समाधान खोज्न प्रतिबद्ध भए पनि युक्रेनी र युरोपेली समर्थनबिना वार्ता अघि बढाउन सजग देखिएको छ ।

    युक्रेनको प्रत्यक्ष सहभागिता नभए युद्ध स्थायी समाधान नहुने र रूसको जित हुने डर व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images