images
images
  • माओवादी र नेकपा (एस)बीच एकता गर्न खनाल–गौतम एकमत, अध्यक्षसँग संवादको तयारी

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले लामो समयदेखि चलिरहेका आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि पहल सुरु गरेका छन् ।

    अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि खनालले नेपाललाई पार्टी नेतृत्व छोड्न दबाब दिएका थिए, तर नेपालले त्यसलाई अस्वीकार गरेका छन् ।

    यी विवादका बीच पार्टीका अन्य नेताहरूले दुवै नेताबीच संवाद गराउने प्रयास गरेका थिए ।

    शनिबार आलोकनगरस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल र खनालबीच करिब पौने दुई घन्टासम्म भेटवार्ता भयो ।

    वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेकाका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध नबोल्ने सहमति जनाएका छन् र भविष्यमा फेरि बैठक बसाउने निर्णय भएको छ ।

    खनालले छलफलमा आफूले आफ्नो कुरा राख्न पर्याप्त समय नपाएको गुनासो व्यक्त गर्दै पार्टीका समस्याहरू विधिसम्मत रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

    त्यस्तै खनालले वामदेव गौतमसँग पनि भेटवार्ता गरेका छन् ।

    भेटवार्ताको क्रममा नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउन सम्बन्धित विषयमा छलफल पनि गरेका छन् भने अध्यक्ष नेपालसँग पनि एक चरण छलफल गर्ने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images