images
images
  • नेपाल–खनालको लफडा मिल्यो, उप्रान्त एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्न नपाइने

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले लामो समय चलेको आरोप–प्रत्यारोपपछि मनमझाव गर्ने प्रयास थालेका छन् ।

    अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि खनालले पार्टी नेतृत्व छाड्न दबाव दिएका थिए, तर नेपाल अस्वीकार छन् ।

    यस्ता विवादका बीच पार्टीका अन्य नेताहरूले दुई नेताबीच संवाद गराउने पहल गरे ।

    शनिबार आलोकनगरस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल र खनालबीच लगभग पौने दुई घन्टासम्म भेटवार्ता भएको छ ।

    वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार दुवै पक्षले एक अर्काविरुद्ध नबोल्ने सहमति गरेका छन् र आगामी दिनमा फेरि बैठक बस्ने निर्णय भएको छ ।

    खनालले छलफलमा आफ्नो कुरा राख्न नपाएको गुनासो गर्दै पार्टीमा समस्या विधिसम्मत समाधान हुनुपर्ने जोड दिए ।

    उनले कार्यवाहकको विषयमा भने कुनै माग नराखेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images