images
images
  • नेताहरूमाथि कारबाहीको डण्डाले राप्रपामा तरंग, वारपारको अवस्थामा लिङ्देन र राणा पक्ष

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र देखिएका मतभेदका बाबजुद पार्टी विभाजनको कुनै सम्भावना नरहेको बताए ।

    उनले कसैले पार्टी फुटाउन सक्ने तागत नभएको र विभाजन गर्ने कारण पनि नदेखिने दाबी गरे ।

    असार २५ मा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती र साउन २ मा उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरिएको थियो ।

    पदमुक्त नेताहरूले स्पष्टीकरण नदिइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् र आयोगले राप्रपालाई सोधपुछ पत्र पठाएको छ ।

    तर, अध्यक्ष लिङ्देनले पदाधिकारीहरूको जिम्मेवारी फेरबदल गर्ने अधिकार आफूमा विधानअनुसार रहेको र असन्तुष्टले पार्टी बैठकमा कुरा राख्न सक्ने बताए ।

    उनले पार्टीका आन्तरिक विषय सार्वजनिक नगर्न र भ्रम फैलाउन नहुनेमा जोड दिए ।

    राप्रपाभित्रका मतभेद मुख्यतः आगामी महाधिवेशन तयारीका कारण भएको र कार्यशैलीमा असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने उनको भनाइ छ ।

    उनले पार्टीको विधानअनुसार मात्रै काम भइरहेको र निर्वाचन आयोगमा उजुरी दिनु अनुचित भएको बताए ।

    उता महामन्त्री धवलशमशेर राणाले कारबाहीलाई अनुचित भएको बताउँदै आएका छन् ।

    अध्यक्ष लिङ्देनले कारबाही फुकुवा नगरे पार्टी विभाजन गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images