images
images
  • खनालसँग भेटेपछि गौतमले भने– नेकपा (एस)मा जिम्मेवारीविहीन भएर बस्न सक्दिनँ, पार्टी छोड्छु

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सार्वजनिक विवादपछि आलोकनगरस्थित पार्टी कार्यालयमा करिब एक घण्टा लामो छलफल भएको छ ।

    बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे र घनश्याम भुसालको पहलमा भएको छलफलमा दुवैले आफ्ना अभिव्यक्ति स्पष्ट पार्ने प्रयास गरे पनि ठोस निष्कर्षमा पुग्न सकेनन् ।

    खनालले ‘विद्रोह पुष्टि गर्न नसकिएको’ आफ्नो पुरानो धारणा दोहोर्याउँदै माधव नेपालको ‘पार्टीबाट बिदा’ भन्ने वक्तव्यप्रति आपत्ति जनाए ।

    माधव नेपालले भने आफ्नो आशय पार्टी छोड्नु भन्ने नभएको स्पष्ट पारे ।

    खनालले पतञ्जली जग्गा प्रकरणमा माधवको व्यक्तिगत मुद्दा भएको उल्लेख गर्दै कार्यवाहक तोक्न सुझाव दिए भने नेपालले विगतको सम्बन्ध सम्झाउँदै छलफल टुंग्याए ।

    आलोकनगरबाट निस्किएपछि खनाल डल्लु पुगेर वामदेव गौतमसँग चार घण्टा लामो भेटवार्ता गरे ।

    वामदेवले पार्टी एकतापछि आफूलाई जिम्मेवारी नदिएको गुनासो गर्दै लामो समय पार्टीमा बस्न नसक्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images