images
images
  • उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

    काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीनवटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीनवटा अनुगमन प्रतिवेदन पारित गरेको हो ।

    समिति सभापति अब्दुल खानका अनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन उपसमितिको प्रतिवेदन र मकवानपुर, बारा र पर्सा जिल्लाका उद्योगहरू तथा भन्सार कार्यालयहरूको स्थलगत अनुगमनसम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

    बैठकले समितिले यसअघि गरेका निर्णय तथा सरोकारवालाहरूलाई दिएको निर्देशक कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्ने निर्णय पनि गरेको छ ।

    समितिले सरकार र सरोकारवाला निकायलाई दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल र समीक्षा गर्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images