images
images
  • माओवादी र नेकपा (एस)बीच एकताका लागि गृहकार्यमा श्रेष्ठ र भुषाल, दुवै दलका नेताहरूको बाक्लो भेट

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

    हालै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकताको पहल गर्ने निर्णय गरेसँगै श्रेष्ठले शुक्रबार हात्तिवनस्थित आफ्नै निवासमा भुसालसँग भेट गरेका हुन् ।

    करिब एक घण्टा लामो भेटमा दुवै नेताबीच पार्टी एकताको प्रस्ताव यसको औचित्य र सम्भावनाबारे विस्तृत कुराकानी भएको बताइएको छ ।

    वार्तामा वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको जिम्मेवारी, नेपालको दलगत संरचना र भूमिकासँगै कम्युनिष्ट आन्दोलनको रूपान्तरण तथा पुनर्गठनका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हाल भइरहेका एकता छलफलको सन्दर्भमा भएको यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

    यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग पनि भेट गरेका थिए ।

    माओवादी केन्द्रले स्थायी कमिटी बैठकमार्फत विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय सार्वजनिक गरेपनि प्रक्रिया भने अघि बढ्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images