images
images
  • जनार्दन शर्मालाई कारबाही गरेर माओवादीमा विप्लव भित्र्याउने रणनीतिमा प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पार्टी एकताको प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

    १६ साउनदेखि १९ साउनसम्म राजधानीमा बसेको माओवादी स्थायी कमिटीको बैठकमा सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो ।

    माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरअनुसार बैठकले विप्लव नेतृत्वको नेकपासँग एकताको पहल गर्न वार्ता समिति बनाउने निष्कर्ष निकालेको छ ।

    सर्कुलरमा उल्लेख भए अनुसार बैठकले समाजवादी मोर्चामा आवद्ध दलहरूसहित समान विचारधाराका अन्य पार्टीहरूसँग पनि सहकार्य विस्तार गर्दै एकतासम्म पुग्ने पहल गर्ने निर्णय गरेको छ ।

    यद्यपि राजनीतिक वृत्तमा माओवादीले पार्टी उपमहासचिव जनार्दन शर्मालाई कारबाही एवं पदमुक्त गरेर विप्लवलाई भित्र्याउने चर्चा चलेको छ ।

    जनार्दन विगत लामो समयदेखि अध्यक्ष प्रचण्डको विकल्पको पक्षमा उभिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images