images
images
  • रास्वपा सांसदहरूले संसद् बहिष्कार गरेर २६ दिनमै कुम्ल्याए ९ लाखभन्दा बढी भत्ता

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भिजिट भिसा सेटिङ प्रकरणमा विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दै जेठ १३ देखि प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएका छन् ।

    जेठमा ९ असारमा १७ र साउनमा ६ बैठक बहिष्कार गरिएका छन् ।

    बैठकमा नबसे पनि रास्वपाका अधिकांश सांसदले कानुनअनुसार प्रत्येक बैठकको १–१ हजार रुपैयाँ बैठक भत्ता र यातायात खर्च भने बुझिरहेका छन् ।

    संसद् सचिवालयका अनुसार जेठ र असारमा १९ सांसदले २६ दिनको बैठक भत्ता (करिब ४ लाख ९४ हजार) र १८ सांसदले यातायात खर्च (करिब ४ लाख ६८ हजार) पाएका छन् ।

    रास्वपाका २१ सांसदमध्ये सभापति रवि लामिछाने निलम्बित छन् र उपसभामुख इन्दिरा रानामगर पदाधिकारी भएकाले यसमा पर्दैनन् ।

    प्रमुख सचेतक सन्तोष परियारलाई सचिवालयले गाडी उपलब्ध गराएकाले उनी यातायात खर्च पाउँदैनन् ।

    यसै मागमा राप्रपाले पनि बैठक बहिष्कार गरिरहेको छ तर भत्ता नलिने पत्र सचिवालयमा बुझाएकाले उनीहरूलाई यातायात खर्च वा बैठक भत्ता पठाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images