images
images
  • कुलिङ पिरियडमा गडबड गर्ने कांग्रेस सांसद रामहरि खतिवडाको जागिर चैट हुने सम्भावना

    काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ ।

    संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको छ ।

    कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडालाई जिम्मेवार देखाएको थियो ।

    प्रतिनिधिसभाबाट कुलिङ अफ पिरियडको व्यवस्था निष्क्रिय बनाउने विधेयक पारित भएपछि खतिवडा विवादमा परेका थिए र पदबाट राजीनामा दिनुपर्ने माग बढेको छ ।

    पार्टी स्रोतका अनुसार १–२ दिनभित्र खतिवडालाई राजीनामा दिन निर्देशन दिने सहमति पार्टी शीर्ष नेतामा बनेको छ ।

    सभापति शेरबहादुर देउवाले समेत खतिवडालाई पदबाट मुक्त गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images