images
images
  • शेखरलाई बाइपास गरेर छुट्टै भेला गरेका कांग्रेस ४ शक्तिशाली नेताले के–के गरे निर्णय ?

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।

    देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित भएको छ ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको कार्यादेशमा शीर्ष नेताबीच सहमति बनाएको छ ।

    पारित कार्यादेशअनुसार पार्टीले गठन गरेको निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन आयोजना गर्नेछ ।

    बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पनि परिमार्जन गरी पारित गरिएको छ ।

    भ्रातृ संस्था र जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी दिए ।

    त्यसैगरी बैठकमा रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सामान्य छलफल पनि भएको थियो ।

    यद्यपि यी चार नेताको भेलामा शेखर कोइरालाई जानकारी नै दिइएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images