चितवन– सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियतसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा.भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससँग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिए ।
इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा.भक्तमान श्रेष्ठले बताए ।
सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधि सम्म कामय हुनेछ ।
क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर, म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो ।


विश्व खबर 




















