images
images
  • जनार्दनले आत्मालोचना र माइन्युटमा हस्ताक्षर नगरेको खुलासा, गुटबन्दी नगर्न निर्देशन

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाएको निराधार आरोपप्रति आपत्ति जनाएको छ ।

    अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुले स्थायी समितिलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना नगरी पार्टी नेतृत्वविरुद्ध अस्वीकृत अभिव्यक्ति दिएका र माइन्युटमा हस्ताक्षर नगरेको उल्लेख छ ।

    स्थायी समितिले प्रभाकरका गुटबन्दीजन्य गतिविधि र पार्टी नीतिविपरीत काम गर्ने व्यवहारलाई निन्दा गर्दै भविष्यमा यस्तो नदोहोर्याउन निर्देशन दिएको छ ।

    पार्टी भित्र भिन्न मत राख्न स्वतन्त्रता रहेको तर एकता बनाएर अघि बढ्न आवश्यक रहेको समेत सर्कुलरमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images