images
images
  • सुनको मूल्य दुई लाख नजिक

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ ।

    आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

    यसअघि, मंगलबारको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । मंगलबार सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबारको तुलनामा आज सुनको मूल्य एकहजार रुपैयाँले बढेर कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ बढेर कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images