images
images
  • गाजा नियन्त्रणमा लिने इजरायलको योजना अनुमोदन

    काठमाडौं– इजरायलको सुरक्षा मन्त्रिपरिषद् बैठकले गाजा शहर नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ ।

    शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषद्ले बैठकले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो ।

    बीबीसी समाचारअनुसार अब इजरायल रक्षा बल (आईडीएफ)ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसंख्यालाई मानवीय सहायताको प्रावधान सुनिश्चित गर्दै गाजा शहर कब्जाको लागि तयारी गर्नेछ ।

    इजरायली प्रधानमन्त्री नेतान्याहूले सम्पूर्ण क्षेत्रमाथि पुनः नियन्त्रण लिने र अन्ततः हमासको विरोधी मित्रवत अरब सेनालाई हस्तान्तरण गर्ने योजना बनाएको घोषणा गरेका थिए ।

    त्यसपछि बसेको सुरक्षा मन्त्रिपरिषद्को रातभरको बैठकले उनको योजना अनुमोदन गरेको हो ।

    नेतान्याहूले फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ’हामी सम्पूर्ण गाजामा नियन्त्रण चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्न हामी हमासलाई त्यहाँ (गाजा)बाट हटाउन चाहन्छौँ । हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।’

    इजरायलले अक्टोबर ७, २०२३ देखि गाजा शहरमा बारम्बार बमबारी गरिरहेको छ । –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images