images
images
  • रास्वपा केन्द्रीय समितिको बैठक आह्वान, यी हुन् एजेन्डा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

    बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ ।

    प्रवक्ता मनिष झाका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही–३ उपचुनाव तयारी, निजामती कर्मचारी विधेयकमाथि प्रतिवेदन, भिजिट भिसा प्रकरण र संसदीय भूमिकासहित १३ एजेण्डामा छलफल हुनेछ ।

    बैठकमा विधान संशोधन प्रस्ताव, केन्द्रीय विभाग तथा प्रदेश इन्चार्जहरूको प्रगति रिपोर्ट, पूर्व केन्द्रीय सदस्यलाई पुनः जिम्मेवारी दिने प्रस्ताव र पार्टी सचिवालयका निर्णय अनुमोदनजस्ता विषयमा पनि निर्णय हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images