images
images
  • विद्यालयको प्रधानाध्यापकले राजनीति गर्न नपाउने, शिक्षक–कर्मचारीहरूलाई छुट

    काठमाडौं– विद्यालय शिक्षा विधेयकमा प्रधानाध्यापक नियुक्त भएका शिक्षकहरू नेपाल शिक्षक महासंघको सदस्य भए पनि उनीहरूको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था पारित भएको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले परामर्श उपसमितिको सहमतिमूलक प्रस्ताव पारित गर्दै उक्त प्रावधान समावेश गरेको हो ।

    विधेयकअनुसार प्रधानाध्यापक नियुक्त भएपछि ती शिक्षक महासंघको गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

    उनीहरू महासंघको प्रतिनिधिका रूपमा कुनै भूमिका निर्वाह गर्न सक्ने छैनन् ।

    यस्तै महासंघको सदस्य भएको कारण कुनै अतिरिक्त सेवा सुविधा वा जिम्मेवारीमा छुट नदिइने स्पष्ट व्यवस्था पनि विधेयकमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images