images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाबाट ९ जनाको आवेदन (नामावलीसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।

    पार्टीले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारी आवेदन खुला गरेको थियो ।

    उक्त अवधिमा जम्मा ९ जनाले आवेदन दिएका हुन् ।

    रास्वपाका लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यका अनुसार प्राप्त आवेदनमध्ये सुलभ खरेलको नाम सूचीको पहिलो स्थानमा उल्लेख गरिएको छ ।

    उम्मेदवारीका लागि आवेदन दिएका अन्य व्यक्ति क्रमशः पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

    पार्टीले उम्मेदवारी दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

    अब पार्टीले यी नामहरूमध्येबाट अन्तिम उम्मेदवार चयन गर्नेछ ।

    रास्वपाले भदौ १५ गतेसम्म आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images