images
images
  • रवि लामिछानेलाई जेलमै पुगेर भेटेपछि डा.बाबुराम भट्टराईले भने– ‘आरोप पुष्टि भएन’

    बुटवल– नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

    भैरहवामा बिहीबार भएको भेटमा वैकल्पिक राजनीतिक शक्ति, सुशासन र समृद्धिका विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।

    भट्टराईले लामिछानेप्रति सद्भाव रहेको र यही भावनाले उनलाई भेट्न गएको बताएका छन् ।

    अदालतको फैसलामा टिप्पणी नगर्ने स्पष्ट गरेका उनले लामिछानेमाथिको आरोप हालसम्म पुष्टि नभएको बताए ।

    ‘रवि लामिछाने जनताको प्रतिनिधि हुन्, उनी कतै भागेर जाने सम्भावना छैन,’ भट्टराईले भने ।

    भैरहवामा आयोजित नेसपा लुम्बिनी प्रदेशको दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका डा.भट्टराईले कारागार पुगेर सभापति लामिछानेसँग भेटघाट गरेका हुन् ।

    भेटको जानकारी नेसपाका केन्द्रीय सदस्य पंकज राईले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images