काठमाडौं– डा.चन्दकान्त रावत ‘सिके’ नेतृत्वको जनमत पार्टीले रूपन्देही–३ को उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।
उपनिर्वाचनमा रावतले संघीय लोकतान्त्रिक मोर्चासँग कुनै सम्बन्ध नभएको भन्दै एकल उमेदवार खडा गर्ने बताएका हुन् ।
उनले भने, ‘भ्रममा नपरौं, जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रूपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउने । यस अगाडिको निर्वाचनमा अरू पार्टीहरू कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन ।’
जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलन बाहेकका अन्य मुद्दामा जनमत स्वतन्त्र रहेको स्पष्ट पारेका छन् ।
रूपन्देही–३ मा आसन्न कात्तिक १७ मा उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्






















