काठमाडौं– नेकपा (एकीकृत समाजवादी)भित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवाद खुलेर बाहिरिएको छ ।
रामकुमारी झाँक्रीको विवादास्पद अभिव्यक्ति र त्यसपछि झलनाथको नेतृत्वमाथिको टिप्पणीपछि पार्टीभित्र स्पष्ट गुटबन्दी देखिएको छ ।
नेपालले झाँक्रीमाथि कारबाही र झलनाथलाई राजीनामा दिन दवाव दिए पनि महासचिव घनश्याम भुसाल झलनाथ निकट भएकाले ती प्रयास सफल भएनन् ।
भुसाल स्वयं भने सार्वजनिक रूपमा बोलेका छैनन् ।
शक्तिसंघर्षमा माधव पक्षमा उपाध्यक्ष राजेन्द्र पाण्डे, धर्मनाथ साह, जगन्नाथ खतिवडा, उपमहासचिव मेटमणि चौधरी, रामकुमार भट्टराईलगायत छन् ।
झलनाथ पक्षमा उपाध्यक्ष जयन्ती राई, प्रकाश ज्वाला, सचिव बलदेव चौधरी, चन्द्रबहादुर शाही र उपमहासचिव गरिमा शाह सक्रिय छन् ।
वामदेव गौतम खुला नभए पनि झलनाथतिर उभिने अपेक्षा गरिएको छ ।
जनसंगठनमा पनि झलनाथको प्रभाव देखिन्छ ।
पार्टीभित्र बढ्दो असन्तोषले विभाजनको संकेत दिन थालेको छ ।






















