images
images
  • सेयर बजार बढ्यो

    काठमाडौं– सेयर बजारमा सामान्य सुधार आएको छ ।

    बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको छ ।

    परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ ।

    आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो ।

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ ।

    बजारको पुँजीकरण बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको सङ्ख्या धेरै भए पनि परिसूचक भने हरियो भएर बन्द भएको छ हो ।

    आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनी रहेका छन् ।

    यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    अघिल्ला दुई दिन घटेको ट्रेड टावर आज सर्किट लेभलमा बढेको छ ।

    सबैभन्दा धेरै गुमाउने थ्रिस्टार हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेको देखिएको छ ।

    कारोबार रकमको आधारमा आज ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो ।

    यी कम्पनीको क्रमशः २९ करोड ४५ लाख र एचआरएलको २८ करोड २ लाखको कारोबार भयो ।

    आज बजारमा आठ वटा समूहका सूचक घट्दा पाँच वटा मात्रै बढेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images