काठमाडौं– ११ करोड रुपैयाँ ठगी आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं प्रहरी परिसरमा उपस्थित भएका छन् ।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले मिता मुरारका अग्रवाल र ज्योति अग्रवालको नाममा गरिएको कारोबारबापत ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नपाएको भन्दै ठगीको जाहेरी दिएका थिए ।
उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरीमा पुगेका हुन् ।
धितोपत्र बोर्डको अनुसन्धान अनुसार अग्रवालले विभिन्न १५ जनाको नाममा आफैं सेयर खरिद–बिक्री गर्दै मूल्य बढाउने र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई लगानी गर्न प्रलोभन दिने गतिविधि गर्दै आएका थिए ।
प्रहरीले श्रीवास्तवमाथि ठगी आरोपमा अनुसन्धान सुरु गरेको छ ।
हिरासतमा लिएर अनुसन्धान अघि बढाउने विषयमा जिल्ला अदालतको अनुमति अनुसार निर्णय हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















